सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

“जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ . . . ”

“जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ . . . ”

मोशाको व्यवस्थाअनुसार, सम्बन्धविच्छेद गर्न चाहने पुरुषले कानुनी कागजात तयार पार्नुपर्थ्यो। यस नियमले मानिसहरूलाई आवेगमा आएर हतारहतार सम्बन्धविच्छेद गर्नदेखि रोक्थ्यो। तर येशूको समयतिरका धर्मगुरुहरूले सम्बन्धविच्छेद गर्न सजिलो बनाइदिएका थिए। पतिले जुनसुकै बहाना बनाएर पत्नीसित सम्बन्धविच्छेद गर्न सक्थे। (मर्कू १०:४, ११ को अध्ययन नोट “छोडपत्र,” “आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ,” “परस्त्रीसित यौनसम्बन्ध राखेर आफ्नी पत्नीको हक खोसेको ठहरिन्छ” हेर्नुहोस्‌।) येशूले विवाहको सुरुवात गर्नुहुने र यसलाई मान्यता दिनुहुने यहोवा नै हुनुहुन्छ भन्‍ने कुरामा मानिसहरूको ध्यान खिच्नुभयो। (मर्कू १०:२-१२) पति र पत्नी सदाको लागि “एउटै शरीर” हुनुपर्थ्यो। यस घटनाबारे मत्तीले लेखेको विवरण हेर्ने हो भने पति-पत्नीमध्ये कसैले “अवैध यौनसम्बन्ध” राखेको खण्डमा मात्र धर्मशास्त्रले सम्बन्धविच्छेद गर्ने छुट दिन्छ भन्‍ने कुरा थाह पाउँछौँ।—मत्ती १९:९.

आज विवाहबारे धेरैको सोचाइ येशूको जस्तो नभई फरिसीहरूको जस्तो छ। संसारका मानिसहरू समस्या आउनेबित्तिकै सम्बन्धविच्छेद गरिहाल्छन्‌। अर्कोतर्फ, ख्रीष्टियन दम्पतीहरू भने आफ्नो विवाह वाचालाई गम्भीरतापूर्वक लिन्छन्‌ अनि बाइबलका सिद्धान्तहरू लागू गर्दै समस्या सुल्झाउन सक्दो गर्छन्‌। प्रेम र आदरले परिवारलाई एकतामा बाँध्छ भन्‍ने भिडियो हेरेपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • तपाईँ आफ्नो वैवाहिक जीवनमा हितोपदेश १५:१ कसरी लागू गर्न सक्नुहुन्छ? त्यसो गर्नु किन महत्त्वपूर्ण छ?

  • हितोपदेश १९:११ लागू गर्दा कसरी समस्याहरूदेखि जोगिन सक्छौँ?

  • तपाईँको वैवाहिक सम्बन्ध टुट्‌नै लागेको छ भने ‘सम्बन्धविच्छेद गरूँ कि’ भनेर सोच्नुको साटो कस्ता प्रश्‍नहरू विचार गर्नुपर्छ?

  • मत्ती ७:१२ लागू गर्दा तपाईँ कसरी अझ राम्रो पति वा पत्नी हुन सक्नुहुन्छ?