सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

आफ्ना छोराछोरीलाई ख्रीष्टको पछि लाग्न सिकाउनुहोस्‌

आफ्ना छोराछोरीलाई ख्रीष्टको पछि लाग्न सिकाउनुहोस्‌

छोराछोरीले ‘आफूलाई इन्कार गरेको अनि आफ्नो यातनाको खम्बा उठाएर निरन्तर येशूको पछि लागेको’ देख्न पाउनुभन्दा बढ्‌ता खुसीको कुरा सायद आमाबुबाको लागि अरू हुँदैन। (मर्कू ८:३४; ३यू ४) आमाबुबाले छोराछोरीलाई येशूको पछि लाग्न, यहोवामा जीवन समर्पण गर्न र बप्तिस्मा गर्न कसरी तयार पार्न सक्छन्‌? बप्तिस्माजस्तो महत्त्वपूर्ण कदम चाल्न छोराछोरी तयार भइसके भनेर आमाबुबाले कसरी पक्का गर्न सक्छन्‌?

यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित किताबको पृष्ठ १६५-१६६ मा भएको “ख्रीष्टियन आमाबाबुलाई सन्देश” भन्‍ने लेख पढ्‌नुहोस्‌ र निम्न प्रश्‍नहरूबारे विचार गर्नुहोस्‌:

  1. १. येशूको चेला हुनु भनेको के हो?

  2. २. आमाबुबाले आफ्ना छोराछोरीलाई के सिकाउनुपर्छ?

  3. ३. बप्तिस्माको लागि योग्य हुन साना केटाकेटीले निम्न बाइबल पदहरू लागू गर्न कस्तो प्रयास गरिरहेको हुनुपर्छ?