ख्रिष्टियन जीवन
आफ्नो सोच्ने-बुझ्ने क्षमतालाई तालिम दिइरहनुहोस्
कुनै खेलाडी खेलमा सिपालु भइरहनको लागि तिनले आफ्ना मांसपेशीहरूलाई तालिम दिइरहनुपर्छ। त्यसरी नै हामीले पनि आफ्नो सोच्ने-बुझ्ने क्षमतालाई तालिम दिन र त्यसलाई कायम राख्न निरन्तर प्रयास गर्नुपर्छ। (हिब्रू ५:१४) अरूले जस्तो निर्णय गऱ्यो आफूले पनि त्यस्तै निर्णय गर्ने झुकाव हामीमा हुन सक्छ। तर हामीले आफ्नो सोच्ने क्षमता चलाउनुपर्छ र आफ्नो लागि आफैले निर्णय गर्नुपर्छ। किन? किनभने हामी सबैले आफूले गरेको निर्णयको लेखा दिनुपर्नेछ।—रोमी १४:१२.
बप्तिस्मा गरेको धेरै वर्ष भयो भन्दैमा आफूले सही निर्णय गरिहाल्छु भन्ने सोचाइ राख्नु हुँदैन। बुद्धिमानी निर्णय गर्न हामी यहोवा, उहाँको वचन र उहाँको सङ्गठनमा पूर्ण रूपमा भर पर्नुपर्छ।—यहो १:७, ८; हित ३:५, ६; मत्ति २४:४५.
‘आफ्नो अन्तस्करण सफा बनाइराख्नुहोस्’ भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
एमाले कस्तो निर्णय गर्नुपऱ्यो?
-
अन्तस्करण चलाउनुपर्ने मामिलामा हामी आफ्नो व्यक्तिगत धारणा व्यक्त गर्नदेखि किन होसियार हुनुपर्छ?
-
एक दम्पतीले एमालाई कस्तो राम्रो सल्लाह दिए?
-
आफ्नो अवस्थासित मिल्ने जानकारी एमाले कहाँ पाइन्?