कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्
अनुसन्धान सामग्रीहरू प्रयोग गर्नुहोस्
सिपालु भई अरूलाई सिकाउन यहोवाले हामीलाई आवश्यक सामग्रीहरू दिनुभएको छ। जस्तै: भिडियो, पर्चा, पत्रिका, पुस्तिका, किताब र हाम्रो मुख्य सामग्री बाइबल। (२ति ३:१६) शास्त्रपदहरूको अर्थ अझ राम्ररी बुझ्न उहाँले अनुसन्धान सामग्रीहरूको पनि प्रबन्ध गर्नुभएको छ। जस्तै: JW लाइब्रेरी एप, प्रहरीधरहरा अनलाइन लाइब्रेरी र यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी।
हामीसँग उपलब्ध भएका अनुसन्धान सामग्रीहरू प्रयोग गर्दै अझ धेरै बहुमूल्य रत्न खोतल्यौँ भने हामी आनन्दित हुन सक्नेछौँ। आफ्ना विद्यार्थीहरूलाई पनि यी सामग्रीहरू चलाउन सिकाउनुहोस्। तिनीहरूको मनमा भएका बाइबलसम्बन्धी प्रश्नहरूको जवाफ आफैले अनुसन्धान गरेर भेट्टाउँदा तिनीहरू पनि आनन्दित हुनेछन्।
चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्—यहोवाको मदत स्विकार्नुहोस्—अनुसन्धान सामग्रीहरू भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
ग्रेसले सृष्टिबारे कस्तो असहमति जनाइन्?
-
निताले यस विषयमा कहाँ जानकारी भेट्टाइन्?
-
ग्रेसबारे विचार गर्दै निताले कसरी विषय छानिन्?
-
अनुसन्धान सामग्रीहरू प्रयोग गर्दा निताले कस्तो लाभ उठाउन सकिन्?