सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

मरेकाहरू फेरि जीवित नहोउन्जेल

मरेकाहरू फेरि जीवित नहोउन्जेल

आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा फेरि जीवित हुने आशाले हामीलाई सान्त्वना दिन्छ। तर पाप र मृत्युले हामी सबैलाई असर गरिरहेको छ। बाइबलले पाप र मृत्युलाई ‘सारा जातिका मानिसहरूलाई ढाकिराखेको कपडा र सबै देशमाथि परेको घुम्टोसित’ तुलना गरेको छ। (यसै २५:७, ८) ‘सारा सृष्टि अहिलेसम्म एकसाथ सुस्केरा हाल्दै पीडाले छट्‌पटाइरहनुको’ एउटा कारण यही हो। (रोमी ८:२२) आफूले माया गरेका व्यक्‍तिहरू फेरि जीवित नहोउन्जेल हामी कसरी पीडा सहन सक्छौँ? परमेश्‍वरको वचनमा पाइने सिद्धान्तहरूले हामीलाई पीडा सहन मदत गर्छ।

प्रियजनको मृत्यु हुँदा भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ड्यानिएल, मासाहिरो र योसिमीले कस्तो पीडा सहनुपऱ्‍यो?

  • भिडियोमा बताइएको पाँच वटा सुझावबाट तिनीहरूले कस्तो मदत पाए?

  • सबै सान्त्वनाको स्रोत को हुनुहुन्छ?—२को १:३, ४