ख्रिष्टियन जीवन
आर्थिक समस्या आइपर्दा हार नमान्नुहोस्
यस अन्तको दिनमा हामीले थुप्रै समस्या सामना गरिरहनु परेको छ। अनि यस युगको अन्त नजिकिँदै जाँदा ती समस्याहरू झन्झन् बढ्दै जानेछन्। हामीलाई बेलाबेलामा विभिन्न भौतिक कुराको अभाव हुन सक्छ। (हब ३:१६-१८) हार नमानी आर्थिक समस्याहरूको सामना गर्न हामीलाई केले मदत गर्छ? हामीले यहोवामाथि भरोसा राख्न कहिल्यै छोड्नु हुँदैन। उहाँले हाम्रो ख्याल राख्ने प्रतिज्ञा गर्नुभएको छ अनि हामी जस्तोसुकै अवस्थामा परे पनि उहाँले हाम्रा आवश्यकताहरू पूरा गर्न सक्नुहुन्छ।—भज ३७:१८, १९; हिब्रू १३:५, ६.
तपाईँ के गर्न सक्नुहुन्छ?
-
यहोवालाई डोऱ्याइ, बुद्धि र साथको लागि प्रार्थना गर्नुहोस्।—भज ६२:८.
-
आफूले पहिला नगरेको काम पाउनुभयो भने पनि त्यो काम गर्न तयार हुनुहोस्।—g९६ ४/८ पृ. ११, पेटीहरू
-
राम्रो आध्यात्मिक तालिका कायम राख्नुहोस्। जस्तै: परमेश्वरको वचन दिनहुँ पढ्नुहोस्, मण्डलीका सभाहरूमा धाउनुहोस् अनि साक्षीकार्यमा भाग लिनुहोस्।
टिकिरहने घर बनाउनुहोस्—“अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट” हुनुहोस् भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
कुनै-कुनै परिवारले कस्ता समस्याहरू भोगिरहेका छन्?
-
जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?
-
आर्थिक समस्या भोगिरहेकाहरूलाई हामी कसरी मदत गर्न सक्छौँ?