सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

निराश भएकाहरूलाई यहोवाले बचाउनुहुन्छ

निराश भएकाहरूलाई यहोवाले बचाउनुहुन्छ

हामी सबै कहिलेकाहीँ दुःखी हुन्छौँ। तर दुःखी हुनु भनेको आध्यात्मिक तवरमा कमजोर हुनु होइन। यहोवाले पनि आफू कहिलेकाहीँ दुःखी भएको कुरा बाइबलमा बताउनुभएको छ। (उत्प ६:​५, ६) तर हामी अक्सर दुःखी हुन्छौँ वा धेरैजसो समय नै दुःखी भइरहन्छौँ भने के गर्न सकिन्छ?

प्रार्थना गरेर यहोवासित मदत माग्नुहोस्‌। हाम्रो मानसिक र भावनात्मक स्वास्थ्यमा यहोवा ध्यान दिनुहुन्छ। हामी खुसी छौँ कि दुःखी, यहोवालाई थाह हुन्छ। अनि हामी जे सोच्छौँ र जस्तो महसुस गर्छौँ, त्यसको कारण पनि यहोवा बुझ्नुहुन्छ। (भज ७:९ख) सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा हाम्रो ख्याल राख्नुहुन्छ अनि उहाँ हामीलाई निराशासित मात्र होइन, डिप्रेसनजस्तो समस्यासित जुझ्न पनि मदत गर्नुहुन्छ।—भज ३४:१८.

आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नुहोस्‌। नकारात्मक भावनाहरूले हाम्रो आनन्द खोस्छ अनि यहोवासितको सम्बन्धमा पनि असर गर्छ। त्यसैले ह्रदयलाई अर्थात्‌ आफ्नो सोचाइ र भावनालाई सुरक्षित राख्ने प्रयास गर्नुपर्छ।—हित ४:२३.

हाम्रा दाजुभाइ दिदीबहिनी डिप्रेसनको बाबजुद कसरी शान्ति अनुभव गर्दै छन्‌? भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • डिप्रेसनसित जुझ्न निक्कीले कस्ता व्यावहारिक कदमहरू चालिन्‌?

  • डाक्टरको मदत चाहिन्छ जस्तो निक्कीलाई किन लाग्यो?—मत्ति ९:१२

  • मदतको लागि निक्की कसरी यहोवामा भर परिन्‌?