सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

साक्षीकार्यमा JW.ORG को गृहपृष्ठ प्रयोग गर्नुहोस्‌

साक्षीकार्यमा JW.ORG को गृहपृष्ठ प्रयोग गर्नुहोस्‌

हाम्रो वेबसाइटको गृहपृष्ठमा नम्र हृदय भएका जनसाधारणको मन छुने किसिमले तयार पारिएका लेख अनि भिडियोहरू राखिन्छन्‌। (प्रे १३:४८) त्यसमा अक्सर समाचारमा आइरहेका, मानिसहरूले सोचिरहेका र कुराकानी गरिरहेका विषयहरू समावेश गरिन्छन्‌।

तपाईँ साक्षीकार्यमा jw.org को गृहपृष्ठ कसरी प्रयोग गर्न सक्नुहुन्छ?

  • नियमित तवरमा वेबसाइट हेर्नुहोस्‌। हालै गृहपृष्ठमा के-कस्ता विषयका सामग्रीहरू राखिएका छन्‌, याद गर्नुहोस्‌। चासो देखाएका मानिसहरूसित कुराकानी गर्न त्यो कसरी प्रयोग गर्न सकिन्छ भनेर विचार गर्नुहोस्‌। (गृहपृष्ठमा हालै राखिएका अरू सामग्रीहरू खोज्न “थप हेर्ने” लिङ्‌कमा क्लिक गर्नुहोस्‌।) बेलाबेलामा वेबसाइट हेरिरहनुभयो भने साक्षीकार्यमा समसामयिक विषयमा कुराकानी गर्न सक्नुहुनेछ।

  • कुराकानी सुरु गर्न गृहपृष्ठमा भएका लेख अनि भिडियोहरू प्रयोग गर्नुहोस्‌। यी सामग्रीहरूबाट इलाकाका मानिसहरूलाई कस्तो विषयमा चासो छ भनेर बुझ्न मदत पाउनुहुनेछ।

  • मानिसहरूलाई गृहपृष्ठ देखाउनुहोस्‌। गृहपृष्ठमा भएका विषयहरूबारे बताउनुहोस्‌ र तिनीहरूलाई हाम्रो वेबसाइटमा भएको जानकारी कसरी हेर्न सकिन्छ भनेर देखाउनुहोस्‌।

  • लिङ्‌क पठाउनुहोस्‌। कोही-कोही हामीसित भेटेरै कुराकानी गर्न हिचकिचाउन सक्छन्‌ तर हाम्रो वेबसाइट हेर्न भने इच्छुक हुन सक्छन्‌। त्यसैले चासो देखाएकाहरूलाई गृहपृष्ठको वा त्यहाँ भएको कुनै लेख वा भिडियोको लिङ्‌क पठाउन नहिचकिचाउनुहोस्‌।