सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अक्टोबर २८–नोभेम्बर ३

भजन १०३-१०४

अक्टोबर २८–नोभेम्बर ३

गीत ३० र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ”

(१० मि.)

यहोवाको दयाले उहाँलाई व्यावहारिक हुन उत्प्रेरित गर्छ (भज १०३:८; w२३.०७ पृ. २१ अनु. ५)

यहोवा हाम्रा गल्तीहरू क्षमा गर्न तयार हुनुहुन्छ (भज १०३:९, १०; w२३.०९ पृ. ६-७ अनु. १६-१८)

उहाँ हामीले दिन सक्नेभन्दा धेरै कुराको आशा गर्नुहुन्‍न (भज १०३:१४; w२३.०५ पृ. २६ अनु. २)

आफैलाई सोध्नुहोस्‌: ‘के म आफ्नो जीवनसाथीसित व्यवहार गर्दा यहोवाले जस्तै व्यावहारिकता देखाउँछु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १०४:२४—यस पदबाट सृष्टि गर्ने यहोवाको शक्‍तिबारे के सिक्न सक्छौँ? (cl पृ. ५५ अनु. १८)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। (lmd पाठ ३ बुँदा ४)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययन गर्न राजी भएको व्यक्‍तिसित तपाईँको बाइबल अध्ययन सुरु गरौँ भिडियोबाट छलफल गर्नुहोस्‌। (th बुँदा ९)

६. भाषण

(५ मि.) lmd अतिरिक्‍त लेख क बुँदा ६—विषय: पतिले “आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ।” (th बुँदा १)

ख्रिष्टियन जीवन

गीत ४४

७. के तपाईँलाई आफ्नो सीमितता थाह छ?

(१५ मि.) छलफल।

हामीले यहोवालाई उत्तम सेवा चढाउँदा उहाँलाई खुसी लाग्छ र हामी आफै पनि आनन्दित हुन्छौँ। (भज ७३:२८) तर आफ्नो सीमितता नबुझी सेवाको काम गर्न खोज्दा हामीलाई चिन्ता र निराशाले छोप्न सक्छ।

आफ्नो सीमितता बुझ्दा हामी अझ धेरै गर्न सक्छौँ भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यहोवा हामीबाट के आशा गर्नुहुन्छ? (मिका ६:८)

  • आफ्नो लक्ष्यमा बढ्‌तै ध्यान दिएकीले तनाव महसुस गरेकी बहिनीलाई कुन कुराले मदत गऱ्‍यो?

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ५५ र प्रार्थना