सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सेप्टेम्बर १६-२२

भजन ८५-८७

सेप्टेम्बर १६-२२

गीत ४१ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. प्रार्थनाले सहनशील हुन मदत गर्छ

(१० मि.)

आनन्दित हुन यहोवासित मदत माग्नुहोस्‌ (भज ८६:४)

वफादार भइरहन यहोवासित मदत माग्नुहोस्‌ (भज ८६:११, १२; w१२ ५/१५ पृ. २५ अनु. १०)

यहोवाले प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌ (भज ८६:६, ७; w२३.०५ पृ. १३ अनु. १७-१८)


आफैलाई सोध्नुहोस्‌: ‘समस्याको सामना गर्नुपर्दा के म धेरै पटक र समय लगाएर प्रार्थना गर्ने गर्छु?’—भज ८६:३.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ८६:११—दाउदको प्रार्थनाबाट मानिसको हृदयबारे के थाह पाउन सक्छौँ? (w९२ १२/१ पृ. २६ अनु. ७)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ३ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌।

(४ मि.) अनौपचारिक साक्षीकार्य। अघिल्लो भेटमा हालै घटेको कुनै घटनाबारे चिन्ता व्यक्‍त गरेको व्यक्‍तिलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ७ बुँदा ४)

६. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १५ बुँदा ५। तपाईँ अर्को हप्ता बाहिर जानुपर्ने भएकोले त्यतिबेला अध्ययन गर्न सकिने प्रबन्धहरूबारे विद्यार्थीलाई बताउनुहोस्‌। (lmd पाठ १० बुँदा ४)

ख्रिष्टियन जीवन

गीत ८३

७. हार नमान

(५ मि.) छलफल।

भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌:

  • कहिलेकाहीँ हामी किन सुसमाचार सुनाउनदेखि हार मान्‍न सक्छौँ?

  • हामीले किन हार मान्‍नु हुँदैन?

८. बाइबल अध्ययनको प्रस्ताव राख्न नछोड्‌नुहोस्‌!

(१० मि.) छलफल।

के तपाईँले यस महिनाको विशेष अभियानमा सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका प्रयोग गरेर बाइबल अध्ययन सञ्चालन गर्नुभएको छ? छ भने तपाईँ पक्कै खुसी हुनुहुन्छ होला। तपाईँको सफलता देखेर अरूले पनि प्रोत्साहन पाए होलान्‌। तर यदि अध्ययन सञ्चालन गर्न सक्नुभएको छैन भने तपाईँलाई आफ्नो प्रयास खेर गयो जस्तो लागेको हुन सक्छ। त्यसले गर्दा निराश हुनुभएको छ भने के गर्न सक्नुहुन्छ?

‘हामी धीरज देखाएर आफूलाई परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ’—साक्षीकार्यमा भाग लिँदा भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌।

  • हामीले साक्षीकार्यमा गरेको प्रयास खेर गएको जस्तो लाग्दा २ कोरिन्थी ६:४, ६ ले कसरी मदत गर्न सक्छ?

  • तपाईँले एउटा पनि अध्ययन सञ्चालन गर्न नसक्नुभएकोले साक्षीकार्यमा आफ्नो प्रयास खेर गएको जस्तो लाग्छ भने कस्तो छाँटकाँट गर्न सक्नुहुन्छ?

यो कुरा मनमा राख्नुहोस्‌: हाम्रो आनन्द हामीले कति वटा अध्ययन सञ्चालन गर्न सक्यौँ भन्‍ने कुरामा निर्भर हुँदैन। बरु यहोवा हाम्रो प्रयास देखेर खुसी हुनुहुन्छ भन्‍ने कुरा बुझ्दा हाम्रो आनन्द बढ्‌छ। (लुका १०:१७-२०) त्यसैले “प्रभुमा . . . गरेको परिश्रम व्यर्थ हुँदैन” भन्‍ने कुरा मनमा राख्दै यस विशेष अभियानमा तनमनले भाग लिइरहनुहोस्‌।—१को १५:५८.

९. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ३९ र प्रार्थना