सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

बाइबल अध्ययन सञ्चालन गर्दा यी कुराहरू नगर्नुहोस्

बाइबल अध्ययन सञ्चालन गर्दा यी कुराहरू नगर्नुहोस्

धेरै बोल्ने: सबै कुराको व्याख्या तपाईंले नै गर्नुपर्छ भन्ने नसोच्नुहोस्। मानिसहरूलाई सोच्न लगाउन र सही निष्कर्षमा पुग्न मदत दिन येशूले प्रश्नहरू प्रयोग गर्नुभयो। (मत्ती १७:२४-२७) प्रश्नहरू प्रयोग गर्दा अध्ययन अझ प्रभावकारी हुन्छ र विद्यार्थीले कत्तिको बुझे अनि तिनी के कुरामा विश्वास गर्छन्‌ भनेर थाह पाउन सक्छौं। (be पृ. २५३ अनु. २-३) प्रश्न सोधेपछि धैर्य गर्नुहोस् र जवाफको लागि पर्खनुहोस्। विद्यार्थीले गलत जवाफ दिएमा त्यसको सही जवाफ आफैले दिनुको सट्टा थप प्रश्नहरू सोधेर सही जवाफ पत्ता लगाउन मदत दिनुहोस्। (be पृ. २३८ अनु. १-२) नयाँ जानकारी दिंदै हुनुहुन्छ भने विद्यार्थीले बुझ्न सक्ने गतिमा बोल्नुहोस्।—be पृ. २३० अनु. ४.

अध्ययनलाई जटिल बनाउने: आफूलाई थाह भएको सबै कुरा बताउनुपर्छ भनेर नसोच्नुहोस्। (यूह १६:१२) अनुच्छेदको मुख्य बुँदामा मात्र ध्यान खिच्नुहोस्। (be पृ. २२६ अनु. ४-५) रोचक जानकारी भए पनि त्यसलाई लम्बेतान व्याख्या गर्दा त्यसले मुख्य बुँदालाई ओझेलमा पार्न सक्छ। (be पृ. २३५ अनु. ३) विद्यार्थीले मुख्य बुँदा बुझेका छन्‌ भने अलमल नगरी अर्को अनुच्छेदमा जानुहोस्।

विषयवस्तु मात्र ढाक्ने: हाम्रो उद्देश्य विषयवस्तु ढाक्नु होइन, विद्यार्थीको मनसम्म पुग्नु हो। (लूका २४:३२) अध्यायको मुख्य बाइबल पदहरूलाई जोड दिएर परमेश्वरको वचनको शक्ति अनुभव गर्न दिनुहोस्। (२को १०:४; हिब्रू ४:१२; be पृ. १४४ अनु. १-३) सरल दृष्टान्तहरू प्रयोग गर्नुहोस्। (be पृ. २४५ अनु. २-४) विद्यार्थीले के-कस्ता चुनौती सामना गर्दै छन्‌, तिनी के कुरामा विश्वास गर्छन्‌, त्यसलाई पनि विचार गर्नुहोस् अनि विद्यार्थीलाई त्यसैअनुसार मदत गर्नुहोस्। यस्ता प्रश्नहरू सोध्नुहोस्: “तपाईंले सिकिरहनुभएको कुरा तपाईंलाई कस्तो लाग्छ?” “यसले यहोवाबारे हामीलाई के सिकाउँछ?” “यो सल्लाह पालन गर्दा हामीलाई कस्तो फाइदा होला?”—be पृ. २३८ अनु. ३-५; २५९ अनु. २.