सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

प्रचारकार्यमा अझै उन्नति गर्ने—चासो देखाएकाहरूलाई सभामा आउन प्रोत्साहन दिनुहोस्

प्रचारकार्यमा अझै उन्नति गर्ने—चासो देखाएकाहरूलाई सभामा आउन प्रोत्साहन दिनुहोस्

यसो गर्नु किन महत्त्वपूर्ण छ?: सभाहरूले हामीलाई ‘यहोवाको भजन गाउने’ र ‘उहाँको प्रशंसा गर्ने’ मौका दिन्छ। (भज १४९:१) सभाहरूमा परमेश्वरको इच्छाअनुसार गर्न सिकाइन्छ। (भज १४३:१०) चासो देखाएका व्यक्तिहरू र बाइबल विद्यार्थीहरूले अक्सर सभामा उपस्थित हुन थालेपछि उन्नति गर्छन्‌।

हामी कसरी यसो गर्न सक्छौं?

  • सभाको निम्तो सकेसम्म छिटो दिनुहोस्। बाइबल अध्ययन सुरु गरेको हुनुपर्छ भन्ने छैन।—प्रका २२:१७

  • अर्को सभामा के-कस्ता कुराहरू छलफल गरिन्छ, चासो देखाएको व्यक्तिलाई बताउनुहोस्। निम्न कुराहरू मदतकारी हुन सक्छ: मण्डलीको सभाहरूको निम्तोपर्ची, राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भन्ने भिडियो र यहोवाको इच्छा पुस्तिकाको पाठ

  • मदत गर्न तयार हुनुहोस्। चासो देखाएको व्यक्तिलाई सभामा उपस्थित हुन सवारी साधनको प्रबन्ध मिलाउनुपर्छ कि? अथवा उपयुक्त पहिरन छान्न मदत दिनुपर्छ कि? सभामा तिनीसँगै बस्नुहोस् र तपाईंसँग भएको प्रकाशन देखाउनुहोस्। अरूसित पनि चिनजान गराउनुहोस्।