सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

बच्चाहरूलाई भेटेमा के गर्ने?

बच्चाहरूलाई भेटेमा के गर्ने?

प्रचार जाँदा बच्चाहरूलाई भेटेमा आमाबाबुलाई बोलाइदिन आग्रह गर्नुपर्छ। यसले शिरत्वको आदर गरेको देखाउँछ। (हितो ६:२०) बच्चाले घरभित्र बोलायो भने जानु हुँदैन। बच्चाको आमाबाबु घरमा छैनन्‌ भने अर्कै समयमा भेट्‌न जानुपर्छ।

बच्चा १७-१८ वर्षको जस्तो देखिन्छ भने पनि आमाबाबुसित कुरा गर्नु नै राम्रो हो। आमाबाबु घरमा छैनन्‌ भने आफूले पढ्‌ने कुरा आफैले लिन आमाबाबुले छुट दिएका छन्‌ कि छैनन्‌ भनेर सोध्न सक्छौं। त्यस्तो छुट छ भने उनलाई साहित्य दिन सक्छौं र jw.org वेब साइटबारे बताउन सक्छौं।

चासो देखाएका युवायुवतीलाई पुनःभेट गर्न जाँदा आमाबाबुलाई भेट्‌न चाहेको कुरा बताउनुपर्छ। यसो गर्दा आमाबाबुलाई हामी आउनुको उद्देश्यबारे बताउन सक्नेछौं र परिवारको लागि बाइबलले दिने विश्वासयोग्य र भरपर्दो सल्लाह देखाउन सक्नेछौं। (भज ११९:८६, १३८) हामीले आमाबाबुलाई त्यसरी आदर देखाउँदा र उनीहरूप्रति चासो राख्दा राम्रो साक्षी दिइरहेका हुन्छौं र त्यस परिवारलाई सुसमाचार सुनाउने मौका पनि पाउन सक्छौं।—१प २:१२.