सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | भजन ११९

‘यहोवाको व्यवस्थामा चल्नुहोस्’

‘यहोवाको व्यवस्थामा चल्नुहोस्’

यहोवाको व्यवस्थामा चल्नुको अर्थ राजीखुसीसाथ ईश्वरीय निर्देशन पालन गर्नु हो। भजनरचयिताले जस्तै यहोवाको व्यवस्था पालन गरेका र उहाँमा भर परेका थुप्रैको असल उदाहरण बाइबलमा पाउँछौं।

हामी परमेश्वरको व्यवस्थाअनुसार चल्छौं कि चल्दैनौं, त्यसमा साँचो आनन्द निर्भर छ

११९:१-८

यहोशूले यहोवाको निर्देशनमा पूरा भरोसा देखाए। आनन्दित र सफल हुन सारा मनले यहोवामा भर पर्नुपर्छ भनेर उनलाई थाह थियो

परमेश्वरको वचनले हामीलाई परीक्षाहरू सामना गर्न आवश्यक पर्ने साहस दिन्छ

११९:३३-४०

यर्मियाले कठिन परिस्थिति सामना गर्नुपर्दा समेत साहसी भई यहोवामा भर परेको कुरा देखाए। उनले सरल जीवन बिताए र आफ्नो जिम्मेवारीमा लागिरहे

परमेश्वरको वचनको सही ज्ञानले हामीलाई साहसी भई साक्षी दिन मदत गर्छ

११९:४१-४८

जोसुकैलाई परमेश्वरको सन्देश प्रचार गर्न पावल डराएनन्‌। राज्यपाल फेलिक्सलाई साहसी भई प्रचार गर्दा यहोवाले मदत गर्नुहुन्छ भन्ने कुरामा पावल ढुक्क थिए

अरूलाई साक्षी दिंदा म कुन क्षेत्रमा अझ साहसी हुनुपर्छ?

  • स्कुलमा

  • काममा

  • परिवारमा

  • अन्य ठाउँमा