सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—साक्षी दिन सकियोस्‌ भनेर अनौपचारिक कुराकानी सुरु गर्नुहोस्‌

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—साक्षी दिन सकियोस्‌ भनेर अनौपचारिक कुराकानी सुरु गर्नुहोस्‌

येसुले सामरी स्त्रीसित कुराकानी सुरु गर्नुभएकोले अनौपचारिक साक्षी दिन सक्नुभयो। अपरिचित व्यक्‍तिसित कुराकानी सुरु गर्ने सीपलाई हामी कसरी तिखार्न सक्छौँ?

  • मित्रैलो हुनुहोस्‌ र मानिसहरूसित कुरा गर्नुहोस्‌। हुनत येसु थकित हुनुहुन्थ्यो, तैपनि उहाँले स्त्रीसित पानी मागेर कुराकानी सुरु गर्नुभयो। तपाईँ पनि न्यानो अभिवादन गरेर अनि मौसमबारे वा हालैको कुनै घटनाबारे बताएर कुराकानी सुरु गर्न सक्नुहुन्छ। याद गर्नुहोस्‌, हाम्रो सुरुको लक्ष्य कुराकानी सुरु गर्नु मात्र हो। त्यसैले ती व्यक्‍तिलाई रुचि लाग्ने जुनसुकै विषयमा कुरा गर्न सक्नुहुन्छ। तिनले केही प्रतिक्रिया देखाएनन्‌ भने पनि हार नमान्‍नुहोस्‌, अरूसित कुराकानी गर्ने कोसिस गर्नुहोस्‌। साहसको लागि यहोवासित बिन्ती गर्नुहोस्‌।—नहे २:४; प्रे ४:२९.

  • कुराकानीको दौडान सुसमाचार सुनाउने मौका खोजिरहनुहोस्‌ तर हतार भने नगर्नुहोस्‌। कुराकानीलाई स्वतःस्फूर्त तरिकामा बढ्‌न दिनुहोस्‌। साक्षी दिन हतारिनुभयो भने तिनलाई अप्ठ्यारो लाग्न सक्छ र तिनले कुरा गर्न छोड्‌न सक्छन्‌। साक्षी दिनुअघि नै कुराकानी टुङ्‌गियो भने पनि निराश नहुनुहोस्‌। कुराकानी गर्दागर्दै साक्षी दिन गाह्रो लाग्छ भने साक्षी दिने लक्ष्य नराखीकनै कुराकानी सुरु गर्ने अभ्यास गर्नुहोस्‌। [भिडियो १ देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।]

  • आफ्नो विश्‍वासबारे आफूलाई मन छोएको कुनै कुरा बताएर साक्षी दिने मौका सृजना गर्ने प्रयास गर्नुहोस्‌, ताकि ती व्यक्‍ति तपाईँको विश्‍वासबारे प्रश्‍न गर्न उत्प्रेरित होऊन्‌। येसुले पनि सामरी स्त्रीलाई केही रोचक कुरा बताउनुभयो, जसले गर्दा तिनी उहाँलाई प्रश्‍न सोध्न उत्प्रेरित भइन्‌। वास्तवमा, सुसमाचार सुनाउनुहुँदा येसुले केवल ती स्त्रीका प्रश्‍नको जवाफ दिँदै हुनुहुन्थ्यो। [भिडियो २ देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌, त्यसपछि भिडियो ३ देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।]