सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना ३-४

येसुले सामरी स्त्रीलाई साक्षी दिनुभयो

येसुले सामरी स्त्रीलाई साक्षी दिनुभयो

४:६-२६, ३९-४१

येसुलाई अनौपचारिक साक्षी दिन कस्ता कुराहरूले मदत गऱ्‍यो?

  • ४:७—उहाँले परमेश्‍वरको राज्यबारे कुरा गर्नु वा आफूलाई मसीहको रूपमा चिनाउनुको साटो पानी मागेर कुराकानी सुरु गर्नुभयो

  • ४:९—उहाँले जातीयताको आधारमा ती सामरी स्त्रीसित भेदभाव गर्नुभएन

  • ४:९, १२—त्यस स्त्रीले विवाद खडा हुन सक्ने कुराहरू गर्दा उहाँले कुराकानीलाई त्यतातिर मोडिन दिनुभएन।—cf-E पृ. ७७ अनु. ३

  • ४:१०—येसुले सामरी स्त्रीले दैनिक जीवनमा देखिरहेको कुरालाई दृष्टान्तको रूपमा चलाउनुभयो

  • ४:१६-१९—त्यस स्त्रीले अनैतिक जीवन बिताइरहेको भए तापनि येसुले तिनीसित आदरपूर्वक व्यवहार गर्नुभयो

यस विवरणले अनौपचारिक साक्षी दिनुको महत्त्व कसरी झल्काउँछ?