ख्रिष्टियन जीवन
केही पनि खेर गएन
चमत्कारपूर्ण ढङ्गमा ५ हजार पुरुषका साथै स्त्रीहरू अनि केटाकेटीलाई खुवाउनुभएपछि येसुले चेलाहरूलाई यस्तो निर्देशन दिनुभयो: “उब्रेका टुक्राटाक्री बटुल र केही पनि खेर नजाओस्।” (युह ६:१२) यहोवाले जुटाइदिनुभएका कुराहरूलाई खेर नफालेर येसुले उहाँप्रति धन्यवादी भएको देखाउनुभयो।
आज परिचालक निकाय पनि राज्य गतिविधि अघि बढाउन प्रयोग गरिने स्रोतसाधनहरू बुद्धिमानीसाथ प्रयोग गरेर येसुको अनुकरण गर्ने कोसिस गर्छ। उदाहरणको लागि, न्यु योर्कको वारविकमा मुख्यालय निर्माण गर्न भाइहरूले अनुदानको सही सदुपयोग हुने खालको डिजाइन प्रयोग गरे।
केही पनि खेर नजाओस् भनेर हामी निम्न क्षेत्रहरूमा कसरी होसियार हुन सक्छौँ?
-
सभामा उपस्थित हुँदा
-
व्यक्तिगत प्रयोगको लागि प्रकाशनहरू लिँदा (km ५/०९ पृ. ३ अनु. ४)
-
प्रचारकार्यको लागि प्रकाशनहरू लिँदा (mwb१७.०२ “साँच्चै चासो भएकाहरूलाई मात्र साहित्य दिनुहोस्” अनु. १)
-
प्रचारकार्यमा भाग लिँदा (mwb१७.०२ “साँच्चै चासो भएकाहरूलाई मात्र साहित्य दिनुहोस्” अनु. २, पेटी)