सेप्टेम्बर २४-३० को हप्ताको तालिका
युहन्ना ७-८
गीत १२ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“येसुले आफ्नो बुबाको महिमा गर्नुभयो”: (१० मि.)
युह ७:१५-१८—मानिसहरूले येसुको शिक्षाको प्रशंसा गर्दा उहाँले त्यसको श्रेय यहोवालाई दिनुभयो (cf-E पृ. १००-१०१ अनु. ५-६)
युह ७:२८, २९—येसुले आफू परमेश्वरको प्रतिनिधिको रूपमा आएको हुँ भनेर बताउनुभयो, यसबाट उहाँ यहोवाको अधीनमा बस्नुहुन्छ भनेर स्पष्ट हुन्छ
युह ८:२९—येसुले आफ्ना श्रोताहरूलाई आफूले सधैँ यहोवालाई मन पर्ने काम गरेको कुरा बताउनुभयो (w११ ३/१५ पृ. ११ अनु. १९)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
युह ७:८-१०—के येसुले आफ्ना भाइहरूसित झूट बोल्नुभएको थियो? (w०७ २/१ पृ. ६ अनु. ४)
युह ८:५८—यस पदमा “म हुँ”-को साटो “म थिएँ” भन्ने वाक्यांश प्रयोग गरिनुको कारण के हो र यो कुरा बुझ्नु किन महत्त्वपूर्ण छ? (“म थिएँ” nwtsty-E अध्ययन नोट)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) युह ८:३१-४७
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस्।
तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्नुहोस् अनि अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. १०-११ अनु. १०-११
ख्रिष्टियन जीवन
“ख्रिष्टले जस्तै नम्रता देखाउनुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। प्रत्येक भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १३ अनु. ५-१५, “‘पवित्र’ ठानिने दिनहरू अनि सैतानवाद” पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ११९ र प्रार्थना