सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

ख्रिष्टले जस्तै नम्रता देखाउनुहोस्‌

ख्रिष्टले जस्तै नम्रता देखाउनुहोस्‌

येसु अहिलेसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष हुनुभए तापनि उहाँले यहोवाको महिमा गरेर नम्रता देखाउनुभयो। (युह ७:१६-१८) अर्कोतर्फ, सैतान भने दियाबल बन्यो, जसको अर्थ हो, “निन्दक।” (युह ८:४४) फरिसीहरूले पनि सैतानको जस्तै मनोवृत्ति देखाए। तिनीहरू यत्ति घमन्डी थिए कि तिनीहरू मसीहमाथि विश्‍वास गर्ने जो कोहीलाई पनि तुच्छ ठान्थे। (युह ७:४५-४९) मण्डलीमा सुअवसर वा जिम्मेवारीहरू पाउँदा हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ?

‘आपसमा प्रेम गर्नुहोस्‌’—डाह नगर्नुहोस्‌ अनि फूर्ति नलगाउनुहोस्‌, भाग १ भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि तलको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • एलेक्सले आफू घमन्डी भएको कसरी देखाए?

‘आपसमा प्रेम गर्नुहोस्‌’—डाह नगर्नुहोस्‌ अनि फूर्ति नलगाउनुहोस्‌, भाग २ भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • एलेक्सले कसरी नम्रता देखाए?

    एलेक्सले कसरी बिल र कार्ललाई प्रोत्साहन दिए?

‘आपसमा प्रेम गर्नुहोस्‌’—घमन्ड अनि अभद्र व्यवहार नगर्नुहोस्‌, भाग १ भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि तलको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • भाइ टम कसरी नम्र हुनदेखि चुके?

‘आपसमा प्रेम गर्नुहोस्‌’—घमन्ड अनि अभद्र व्यवहार नगर्नुहोस्‌, भाग २ भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • भाइ टमले कसरी आफू नम्र भएको देखाए?

    भाइ टमको उदाहरणबाट रिया बहिनीले के सिकिन्‌?