सीधै सामग्रीमा जाने

भाइ च्याभेज र लोपेज ग्वाटेमालाको क्वाटेपेक सहरमा अग्नि नियन्त्रण चौकी ४ का अफिसरहरूसित कार्यशाला-गोष्ठी सञ्चालन गर्दै

डिसेम्बर २३, २०१९
ग्वाटेमाला

ग्वाटेमालाका प्रहरी र अग्नि नियन्त्रण विभागका अफिसरहरूले बाइबलआधारित कार्यशाला-गोष्ठीबाट लाभ उठाउँछन्‌

ग्वाटेमालाका प्रहरी र अग्नि नियन्त्रण विभागका अफिसरहरूले बाइबलआधारित कार्यशाला-गोष्ठीबाट लाभ उठाउँछन्‌

मे २०१९ मा हाम्रा भाइहरूले ग्वाटेमालाका अधिकारीहरूबाट प्रहरी र अग्नि नियन्त्रण विभागका कर्मचारीहरूको लागि बाइबल सिद्धान्तहरूमा आधारित कार्यशाला-गोष्ठी सञ्चालन गर्न अनुमति पाए। अग्नि नियन्त्रण विभागका कर्मचारी र प्रहरी अफिसरहरू गरी अहिलेसम्म जम्मा ४५० जनाले यस कार्यशाला-गोष्ठीमा भाग लिएका छन्‌। यस्ता गोष्ठीहरू क्वाटेपेक, कोलम्बा कोस्टा कुका, मालाकाटन र सान रफायल पेट्‌जाल सहरहरूमा सञ्चालन गरिएका छन्‌।

ग्वाटेमालाको कोलम्बा कोस्टा कुका सहरमा कार्यशाला-गोष्ठीपछि अफिसरहरू ट्रलीबाट प्रकाशनहरू लिँदै

यस गोष्ठीमा सहभागी हुनुभएका एक जना एल्डर जुआन कार्लोस रोडास यसो भन्‍नुहुन्छ: “विगत १५ वर्षदेखि यहोवाका साक्षीहरूले ग्वाटेमालाको तीन वटा झ्यालखानामा कैदीहरूसित बाइबल कक्षाहरू सञ्चालन गर्दै आएका छन्‌। झ्यालखानाका अधिकारीहरूले बाइबल अध्ययन गर्ने कैदीहरूको व्यक्‍तित्वमा राम्रो परिवर्तन आएको याद गर्नुभयो। यस्तो नतिजा देखेर उहाँहरूले प्रहरी अफिसरहरू र अग्नि नियन्त्रण विभागका कर्मचारीहरूको लागि पनि बाइबलआधारित कार्यशाला-गोष्ठी आयोजन गर्न आग्रह गर्नुभयो।”

मध्य अमेरिका शाखाको निर्देशनमा यस्ता कार्यशाला-गोष्ठीहरू हप्ताको दुई चोटि सञ्चालन गरिन्छन्‌ र यो लगभग १५ मिनेटको हुन्छ। यस्ता गोष्ठीहरूमा अरूसित कसरी राम्रो सम्बन्ध कायम राख्ने, आफूले पाएको अख्तियारको कसरी सदुपयोग गर्ने र समूहको रूपमा कसरी मिलेर काम गर्नेजस्ता विषयहरूमा छलफल गरिन्छ। गोष्ठी सञ्चालन गर्नुहुने भाइहरूले विषय सुहाउँदो प्रकाशनहरू दिनुका साथै हाम्रो वेबसाइटबाट भिडियोहरू देखाउनुहुन्छ र JW लाइब्रेरी एप चलाएर कसरी उपयोगी जानकारीहरू प्राप्त गर्न सकिन्छ भनेर देखाउनुहुन्छ।

यहोवाका साक्षीहरू यसरी प्रहरी र अग्नि नियन्त्रण विभागका कर्मचारीहरूको लागि कार्यशाला-गोष्ठी सञ्चालन गर्न पाउनुलाई सुअवसर ठान्छन्‌। बाइबलमा पाइने बुद्धिमानी सल्लाहहरूबाट उहाँहरूले निरन्तर लाभ उठाउनुहुनेछ भनेर हामी आशा गर्छौँ।—२ तिमोथि ३:१६.