मार्च ११, २०२२
युक्रेन
अपडेट #२ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै
मारिउपोलजस्ता युद्धग्रस्त क्षेत्रहरूमा अहिले बिजुली, टेलिफोन अनि इन्टरनेट सेवा अवरुद्ध भएको छ। थुप्रै घरका झ्यालहरू चकनाचुर भएका छन्। खानेकुरा अनि पानीको अभाव हुँदै गइरहेको छ। मरिपोलमा २,५०० भन्दा धेरै भाइबहिनी फसेका छन्। बुचा, चर्निहिभ, होस्टोमेल, इर्पिन, किभ र सुमीजस्ता केही सहरका मानिसहरू त्यहाँबाट भाग्न सकेका छन्। त्यसैले हाम्रा थुप्रै भाइबहिनी सुरक्षित स्थानहरूमा भाग्न सके।
अग्रगामी अनि एल्डरको रूपमा सेवा गरिरहेका होस्टोमेलमा बस्ने एक भाइ आफ्नी पत्नी अनि आमाबुबासँगै त्यहाँबाट भागे। सहरमा युद्ध मच्चिएपछि आफूले अनुभव गरेको कुरा तिनी यसरी बताउँछन्:
“हाम्रो घरमाथि हेलिकोप्टरहरू उडिरहेका थिए। बाटोमा जताततै सेनाका गाडीहरू थिए। हामी जमिन मुनिको कोठामा लुकेर बसिरहेको बेला सिपाहीहरू हाम्रो घरमा छिरे। तिनीहरूमध्ये एक जनाले हामी लुकिरहेकै ठाउँतिर लगातार गोली चलाए। एउटा गोली मेरी आमाको झटपट झोलामा लाग्यो तर हामीलाई भने गोली लागेन। हाम्रो वरिपरि बम वर्षा भइरहेको अनि गोली चलिरहेको थियो। त्यसैले हामी लगभग तीन-चार घण्टा चलहल नगरी चुपचाप बसिरह्यौँ। . . . अर्को दिन बिहान गाडी चलाएर घरबाट भाग्दै गर्दा नजिकै युद्ध सुरु भयो। सडकमा सेनाका ट्याङ्कहरू थिए। . . . त्यो अवस्था भयावह थियो अनि त्यहाँ रहनु निकै खतरनाक थियो।
“यी सब घटनाहरूले हाम्रो जीवनै परिवर्तन गरिदियो। हामीले बाइबलका विभिन्न सिद्धान्तहरू कसरी लागू गर्ने भनेर सिक्यौँ। जस्तै, भोलिको चिन्ता नगर्न, आधारभूत आवश्यकताहरूमा सन्तुष्ट हुन र असाध्यै कठिन परिस्थितिमा यहोवामा भर पर्न।”
युक्रेनका हाम्रा भाइबहिनीहरूले भोगिरहनुपरेको चुनौतीपूर्ण अवस्था हाम्रो परमेश्वर यहोवालाई राम्ररी थाह छ। यस कुरामा हामी विश्वस्त छौँ। उहाँले तिनीहरूलाई साथ दिइरहनुहुनेछ।—२ पत्रुस २:९.
मार्च १०, २०२२ सम्ममा युक्रेनबाट प्राप्त भएको रिपोर्ट:
हाम्रा भाइबहिनीहरूको अवस्था
२ जना प्रकाशकको मृत्यु भयो
८ जना प्रकाशक घाइते भए
२५,४०७ जना भाइबहिनी घर छोडेर देशभित्रकै सुरक्षित स्थानहरूमा भागे
२५ वटा घर ध्वस्त भयो
५९ वटा घरमा ठूलो क्षति भयो
२२२ वटा घरमा हल्का क्षति भयो
७ वटा सभाभवन क्षतिग्रस्त भयो
राहत कार्य
युक्रेनमा २७ वटा प्रकोप राहत समितिले काम गरिरहेको छ
प्रकोप राहत समितिहरूले १०,५६६ जना भाइबहिनीलाई सुरक्षित क्षेत्रमा आवासको प्रबन्ध मिलायो
९,६३५ जना भाइबहिनी अरू देशमा भागेका छन् र त्यहाँका भाइबहिनीहरूले तिनीहरूलाई मदत गर्दै छन्