सीधै सामग्रीमा जाने

युक्रेनको खार्किभमा बस्ने हाम्रा भाइबहिनीहरू बिस्फोटको बेला आश्रय लिँदै

मार्च ३, २०२२
युक्रेन

युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

फेब्रुअरी २४, २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गऱ्‍यो। युक्रेनमा १ लाख २९ हजारभन्दा धेरै यहोवाका साक्षीहरू अनि तिनीहरूका छोराछोरीहरू बसोबास गर्छन्‌। हाम्रा साक्षी भाइबहिनीहरूलाई मदत गर्न शाखा कार्यालयले २७ वटा प्रकोप राहत समिति गठन गरेको छ। त्यसको साथै यस्तो गाह्रो अवस्थामा भाइबहिनीहरूले एकअर्कालाई र छिमेकीहरूलाई व्यावहारिक अनि भावनात्मक तवरमा मदत दिएर ख्रिष्टियन प्रेम देखाइरहेका छन्‌।

केही भाइबहिनी युक्रेनमै बसेका छन्‌ भने केही भाइबहिनीले देश छोड्‌ने व्यक्‍तिगत निर्णय गरेका छन्‌। सीमा पार गर्न तिनीहरू लगभग ३० कि.मि. लामो लाइनमा उभिनुपऱ्‍यो अनि तीन-चार दिन कुर्नुपऱ्‍यो। स्थानीय प्रकाशकहरूले लाइनमा भएका भाइबहिनीहरूलाई खोजे, तिनीहरूको लागि खाना अनि पानीको प्रबन्ध गरिदिए र अरू व्यावहारिक मदत दिए। छिमेकी देशका भाइबहिनीहरू युक्रेनबाट भागेर आएका भाइबहिनीहरूलाई स्वागत गर्न jw.org लेखिएका बोर्डहरू बोकेर कुरिरहेका थिए। ती भाइबहिनीहरू सान्त्वना अनि मदत दिन तयार थिए।

पोल्याण्ड (बायाँ) अनि स्लोभाकियाका (दायाँ) हाम्रा बहिनीहरू युक्रेनबाट भागेर आएका सङ्‌गी भाइबहिनीहरूलाई व्यावहारिक मदत दिन कुरेर बस्दै

हाम्रा भाइबहिनीहरूको अवस्था

  • भाइ पेट्रो मोजुल, खार्किभमा बिस्फोटको दौडान बित्नुभएको एक बहिरा सहायक सेवक

    दुःखको कुरा मार्च १, २०२२ मा बिस्फोटको कारण खार्किभमा बस्ने १ जना बहिरा भाइको मृत्यु भयो अनि तिनकी पत्नी भने गम्भीर घाइते भइन्‌

  • अरू ३ जना बहिनी पनि घाइते भए

  • ५,००० भन्दा धेरै भाइबहिनीहरू आफ्नो घर छोडेर भागे

  • २ वटा घर ध्वस्त भयो

  • ३ वटा घरमा ठूलो क्षति भयो

  • ३५ वटा घरमा हल्का क्षति भयो

  • २ वटा सभाभवन क्षतिग्रस्त भयो

  • बिजुली तथा टेलिफोन सेवा अवरुद्ध भएकोले, चिसोले अनि पानीको कमीले गर्दा थुप्रै भाइबहिनीले कठिनाइ झेल्नुपरेको छ

राहत कार्य

  • युक्रेनमा २७ वटा प्रकोप राहत समिति गठन गरिएको छ

  • प्रकोप राहत समितिहरूले ८६७ जना भाइबहिनीलाई सुरक्षित क्षेत्रमा आवासको प्रबन्ध मिलायो

  • खाना तथा पानीजस्ता आवश्‍यक सामग्रीहरू उपलब्ध गराउन प्रकोप राहत समितिहरू लागिपरेका छन्‌

माथि उल्लिखित तथ्याङ्‌क सुरुवाती रिपोर्टहरू हुन्‌।

हाम्रा भाइबहिनीहरूले एकअर्कालाई भ्रातृप्रेम देखाइरहन सकून्‌ र यस असामान्य अनि दुःखद परिस्थिति सहन बुद्धि अनि समझ चलाउन सकून्‌ भनेर प्रार्थना गर्छौँ।—हितोपदेश ९:१०; १ थिस्सलोनिकी ४:९.