सेप्टेम्बर १५, २०१५
रूस
तागन्रोगमा यहोवाका साक्षीहरूमाथि भइरहेको गैर कानुनी कारबाही—यस्तो अन्याय कहिले टुङ्गिने होला?
तागन्रोगमा १६ जना यहोवाका साक्षीहरूविरुद्ध चलिरहेको मुद्दा अहिले अन्तिम चरणमा पुगेको छ। साक्षीहरूले अदालत धाएको २ वर्षभन्दा बढी भइसक्यो। आफ्नो विश्वासअनुसार चल्दा तिनीहरूलाई अपराधी ठहराइयो अनि कसै-कसैलाई जेल हालियो। कसै-कसैलाई चाहिं भारी जरिमाना तिराइयो। यो लामो प्रक्रियाले साक्षीहरूलाई कस्तो असर गरेको छ? तिनीहरू दोषी ठहरिए भने नतिजा के हुनेछ?