सीधै सामग्रीमा जाने

कोभिड-१९ महामारीअघि सभाभवनमा सञ्चालन भइरहेको एउटा सभा

अक्टोबर १५, २०२१
विश्‍व समाचार

केही ठाउँमा फेरि भेटेरै सभाहरू सुरु गर्ने घोषणा परिचालक निकायले गरेको छ

केही ठाउँमा फेरि भेटेरै सभाहरू सुरु गर्ने घोषणा परिचालक निकायले गरेको छ

सभाभवनहरूमा भेटेरै सभाहरू सञ्चालन गर्नको लागि परिचालक निकायले केही शाखा कार्यालयहरूलाई आग्रह गरेको छ। ती शाखा कार्यालयहरूले खोप लगाएकाहरूको दर धेरै भएको अनि सङ्‌क्रमण दर कम भएको ठाउँहरूका केही सभाभवन छनौट गर्नेछन्‌। यस्ता कार्यक्रमहरू स्थानीय सरकारले जमघट गर्न तोकेको नीतिनियमअनुरूप सञ्चालन गरिनेछ। यो घोषणा संसारभरिको बेथेल परिवारलाई शुक्रबार, अक्टोबर १५, २०२१ मा सुनाइएको थियो।

अरू मण्डलीहरूलाई पनि फेरि सभाभवनमा गएर सभा गर्ने अनुमति दिन सकिन्छ कि सकिँदैन भनेर यस परीक्षणको आधारमा निर्णय गरिनेछ। उक्‍त घोषणामा हाम्रो सङ्‌गठनात्मक गतिविधिहरूमा लगाइएको प्रतिबन्ध कम्तीमा पनि जनवरी १, २०२२ सम्म कायम रहने कुरा उल्लेख गरिएको थियो।

संसारभरि रहेका भाइबहिनीहरूको ख्याल राखेकोमा अनि बुद्धिमानीपूर्वक सङ्‌गठनका गतिविधिहरू सुचारु गर्न कदम चालेकोमा परिचालक निकायप्रति हामी निकै कृतज्ञ छौँ। यी प्रबन्धहरूमा यहोवाको डोऱ्‍याइ अनि आशिष्‌ रहिरहोस्‌ भनेर कृपया प्रार्थना गर्नुहोस्‌।—हितोपदेश १४:१६.