मे २४, २०२३
स्पेन
स्पेन सरकारले यहोवाका साक्षीहरूले तिनुपर्ने करमा छुट दियो
स्पेन सरकारले अप्रिल २६, २०२३ मा आफ्नो देशको करसम्बन्धी नियममा एउटा ऐतिहासिक संशोधन पारित गऱ्यो। उक्त निर्णयले स्पेनमा भएका यहोवाका साक्षीहरूलाई थुप्रै तरिकामा फाइदा पुऱ्याउनेछ।
यस निर्णयले गर्दा स्पेनभरि हाम्रो सङ्गठनले उपासनाको लागि प्रयोग गर्ने जुनसुकै भवनको लागि सम्पत्ति कर तिर्नु नपर्ने भयो। साथै स्पनेमा हाम्रो सङ्गठनलाई अनुदान दिनेहरूले पनि कर कटौती पाउन सम्भव भएको छ। यस्तो निर्णयले गर्दा मानवअधिकारसम्बन्धी युरोपेली अदालतले यहोवाका साक्षीहरूलाई “परिचित धर्म”-को रूपमा लिएको पुष्टि हुन्छ।
यसअघि जून २००६ मा सरकारले स्पेनमा भएका यहोवाका साक्षीहरूलाई परिचित धर्मको रूपमा कानुनी मान्यता दिएको भए तापनि स्पेनका अरू धर्महरूलाई जस्तै करमा छुट भने दिएको थिएन। त्यसैले हाम्रा भाइहरूले करमा छुट पाउन सरकारलाई अपिल गरिरहेका थिए। आश्चर्यलाग्दो कुरा, अप्रिल २४, २०२३ मा राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्पेनमा यहोवाका साक्षीहरूको प्रतिनिधिहरूलाई सभाको लागि बोलाए। उक्त सभामा मुनाफारहित सङ्गठनहरूमा लगाइएको करमा केही समायोजन गरिने र यहोवाका साक्षीहरूलाई पनि यो लागू हुने कुरा हाम्रा भाइहरूलाई बताइयो। त्यसको दुई दिन पछि अप्रिल २६, २०२३ मा प्रतिनिधिसभाको बैठकले करसम्बन्धी नियममा संशोधन पारित गऱ्यो। यो नयाँ कानून आधिकारिक रूपमा जून २०२३ देखि लागू हुने आशा गरिन्छ।
यस नयाँ कानुनले स्पेनका यहोवाका साक्षीहरूको धार्मिक स्वतन्त्रतालाई अझ सुनिश्चित पारेकोमा हामी निकै खुसी छौँ।—फिलिप्पी १:७.