गीत १०७

ईश्‍वरीय प्रेमको नमुना

ईश्‍वरीय प्रेमको नमुना

(१ युहन्‍ना ४:१९)

  1. १. याहले सिकाए माया देखाउनलाई

    हरेकलाई, सबैलाई।

    डोऱ्‍याउँछन्‌ याह मायाले हामीलाई

    नलोट्‌नलाई, नलड्‌नलाई।

    फिरौती दिन पठाए छोरालाई

    देखाए दया, दिए पापको क्षमा।

    यति ठूलो प्रेम पाउनु अन्त कहाँ

    याहको बाटो हो प्रेमको गाँठो।

  2. २. हिँड्‌दा यो बाटो हुनेछ हाम्रो प्रेम

    साँचो प्रेम न्यानो प्रेम।

    राख्छौँ ख्याल सदा प्यारा भाइबैनीको

    मनैदेखि, मनैदेखि।

    गर्छौँ साँचो प्रेम यहोवा बुबालाई।

    बिर्सँन्‍नौँ कैल्यै प्यारा भाइबैनीलाई।

    माफी दिनेछौँ ससाना गल्तीमा।

    यही हो प्रेम, हाम्रो भातृ प्रेम।

  3. ३. मायाले बाँध्छ हामीलाई एकतामा

    सधैँलाई, सधैँलाई।

    याहले बोलाए न्यानो परिवारमा।

    यो परिवार, हो उपहार।

    प्रेम र आनन्द हो हाम्रो चिनारी।

    याहको वचनले सिकायो प्रेम गर्न।

    भाइबैनी पनि छन्‌ सधैँ सम्झाउन:

    याह हुन्‌ प्रेम, हुन्‌ याह नै प्रेम।