गीत १०८

परमेश्‍वरको अटल प्रेम

परमेश्‍वरको अटल प्रेम

(यसैया ५५:१-३)

  1. १. अटल प्रेम, याह नै प्रेम,

    ख्याल राखी देखाउँछन्‌ है प्रेम।

    फिरौतीको मोल तिर्नलाई

    पठाए प्यारो छोरालाई।

    खुसी छायो यो जीवनमा;

    पायौँ सधैँ जिउने आशा।

    (कोरस)

    हे सबै तिर्खाउने हो!

    पिउनू पानी जीवनको।

    आऊ, पिओ तिर्खाउने हो!

    हेर प्रेम याहको।

  2. २. अटल प्रेम, याह नै प्रेम,

    दिन्छ सबुत याहको काम।

    यति धेरै माया दियौ,

    येसुलाई राजा बनायौ।

    वाचा पूरा गर्नलाई त्यो

    हेर राज्य लौ उदायो।

    (कोरस)

    हे सबै तिर्खाउने हो!

    पिउनू पानी जीवनको।

    आऊ, पिओ तिर्खाउने हो!

    हेर प्रेम याहको।

  3. ३. अटल प्रेम, याह नै प्रेम,

    गरौँ प्रेम, यो उनैको देन।

    मदत गर्दा ती नम्रलाई

    सिक्नेछन्‌ आज्ञा मान्‍नलाई।

    सेवा गर्छौँ मनैदेखि

    प्रचार गर्छौँ सबै मिली।

    (कोरस)

    हे सबै तिर्खाउने हो!

    पिउनू पानी जीवनको।

    आऊ, पिओ तिर्खाउने हो!

    हेर प्रेम याहको।

(भज. ३३:५; ५७:१०; एफि. १:७ पनि हेर्नुहोस्‌)