गीत १०९

प्रगाढ प्रेम

प्रगाढ प्रेम

(१ पत्रुस १:२२)

  1. १. भाइबैनीलाई मनैदेखि

    चोखो र प्रगाढ प्रेम गरी

    प्रेमका खानी यहोवालाई

    बनाउनेछौँ खुसी।

    प्रेम देखाउँदा मनदेखिको

    बढ्‌नेछ मित्रता हाम्रो।

    खोज्नेछैनौँ फाइदा आफ्नो।

    गर्नेछौँ प्रेम चोखो।

    गर्न छौँ सधैँ तयार

    मदत खाँचोमा परेकालाई।

    बन्‍नेछौँ असल साथी

    मनको भावना बुझी।

    ख्रिष्टले साँचो प्रेम देखाए

    याहको माया बुझाए;

    हाम्रो लागि जीवन दिए

    छुन्छ मन यसले हाम्रो;

    देखाउनेछौँ प्रेम याहको।

(१ पत्रु. २:१७; ३:८; ४:८; १ युह. ३:११ पनि हेर्नुहोस्‌)