गीत ११०

‘यहोवाले दिनुहुने आनन्द’

‘यहोवाले दिनुहुने आनन्द’

(नहेम्याह ८:१०)

  1. १. याहको राज्य नजिकै छ हेर!

    फैलाउँछौँ यो सुसमाचार।

    आऊ न सबै शिर उठाएर हेर;

    नजिकै छुटकारा हाम्रो!

    (कोरस)

    बल पाउँछौँ याहको आनन्दमा।

    गाऊ ठूलो स्वरले खुसी भै।

    आशामा रमाउँदै सम्झ याहलाई,

    महिमा र प्रशंसा चढाई।

    बल पाउँछौँ याहको आनन्दमा।

    जान्‍नु छ नाउँ उनको सबले।

    राजा र प्रभुको भक्‍ति गरेर

    गरौँ सेवा आनन्दित मनले।

  2. २. याहका प्रेमी, भर पर उनमै तिमी।

    बलवान्‌ छन्‌ उनी, नडराऊ।

    गर्जनझैँ ठूलो आवाजले कराऊ न!

    खुसीले याहको गीत गाऊ!

    (कोरस)

    बल पाउँछौँ याहको आनन्दमा।

    गाऊ ठूलो स्वरले खुसी भै।

    आशामा रमाउँदै सम्झ याहलाई,

    महिमा र प्रशंसा चढाई।

    बल पाउँछौँ याहको आनन्दमा।

    जान्‍नु छ नाउँ उनको सबले।

    राजा र प्रभुको भक्‍ति गरेर

    गरौँ सेवा आनन्दित मनले।

(१ इति. १६:२७; भज. ११२:४; लुका २१:२८; युह. ८:३२ पनि हेर्नुहोस्‌)