गीत ११२

शान्तिका परमेश्‍वर यहोवा

शान्तिका परमेश्‍वर यहोवा

(फिलिप्पी ४:९)

  1. १. शान्तिका हे याह,

    अनन्त प्रेमका खानी।

    छाओस्‌ शान्ति, बिन्ती गर्छौँ

    फलाउन सकौँ हामी।

    दियौ छोरा आफ्नो

    वफादार अनि सच्चा।

    बन्‍न सक्यौँ तिम्रो साथी

    धन्यवाद याह बुबा।

  2. २. डोऱ्‍याउँछौ हामीलाई,

    वचन र शक्‍ति चलाई।

    अन्धकार यो संसारमा नि

    जोगाउँछौ बाटो देखाई।

    नरोकिएसम्म

    सबै युद्ध, अशान्ति।

    कायम राख्न सकौँ शान्ति,

    आशिष्‌ देऊ गर्छौँ बिन्ती।

  3. ३. गऱ्‍यौ सबलाई भेला

    पृथिवी र स्वर्गमा।

    प्रचार गर्छौँ राज्यबारे

    मिलीजुली घरघरमा।

    न्यायी तिम्रो शासन

    अन्त गर्छ युद्धको।

    नम्रहरू रमाउनेछन्‌

    जिउनेछन्‌ सधैँभरि।

(भज. ४:८; फिलि. ४:६, ७; १ थिस्स. ५:२३ पनि हेर्नुहोस्‌)