गीत ११३

शान्ति—हाम्रो सम्पत्ति

शान्ति—हाम्रो सम्पत्ति

(युहन्‍ना १४:२७)

  1. १. प्रशंसा गरौँ याहको

    शान्तिदाताको।

    रोक्छन्‌ उनी युद्ध सब,

    मिलाप सुरु भो।

    शान्तिका राजकुमार ख्रिष्ट

    शीतल छहारी;

    उनको जितले ल्याउनेछ

    शान्त बिहानी।

  2. २. रिसराग र गालीगलौज

    सबै नै त्याग्यौँ;

    भाला, तरवार पिटेर

    फाली बनायौँ।

    चाहना यै हो भने

    माफी दिइरहौँ।

    शान्तिको भेष लिएर

    जिन्दगी जिऔँ।

  3. ३. शान्ति हो सबुत यसको:

    याह छन्‌ साथ हाम्रो।

    आज्ञा मान्‍न छौँ तयार

    याह प्रभुको।

    सबैलाई भन्छौँ हिँड्‌न

    यै पथमा ऐले;

    नआएसम्म शान्ति

    राज्यले ल्याउने।

(भज. ४६:९; यसै. २:४; याकु. ३:१७, १८ पनि हेर्नुहोस्‌)