गीत ११४

“धैर्य गर”

“धैर्य गर”

(याकुब ५:८)

  1. १. सर्वोच्च प्रभु याह

    चाहन्छन्‌ नाउँ चोखो पार्न।

    चाहन्छन्‌ मनैदेखि

    कलङ्‌क सबै मेटाउन।

    धीरजी भए याह

    हजारौँ वर्षदेखि।

    थाकेका छैनन्‌ कैल्यै

    धीरजी छन्‌ उनी।

    सबैले उद्धार पाऊन्‌;

    यही नै हो इच्छा उनको।

    व्यर्थैमा होइन सुन

    याहले धीरज देखा’को।

  2. २. धीरजको खाँचो आज

    हिँड्‌न जीवनको बाटोमा।

    भर्दछ मन शान्तिले

    फस्दैनौँ रिसको पासोमा।

    खोज्दछ भलाइ सबको;

    राख्दछ उत्तम आशा।

    धीरजले जोगाउनेछ

    दुःखले पिरोल्दा।

    धीरज र अरू सद्‌गुण

    पवित्र शक्‍तिले दिने;

    देखाउन सिकौँ आजै।

    गरौँ कोसिस याहझैँ बन्‍ने।