गीत ११५

यहोवाले देखाउनुभएको धीरजप्रति आभारी

यहोवाले देखाउनुभएको धीरजप्रति आभारी

(२ पत्रुस ३:१५)

  1. १. महान्‌ यहोवा पराक्रमी;

    न्यायलाई गर्छौ प्रेम कति!

    संसारमा राज दुष्टताको;

    थाह छ मन रुन्छ तिम्रो।

    गर्दैनौ तिमी कैल्यै ढिलो;

    अन्त नजिकै दुष्टताको।

    (कोरस)

    पर्खाइ छ नयाँ संसारको;

    आभारी छौँ हे याह तिम्रो।

  2. २. तिम्रो लागि त हजार वर्ष;

    एक दिनझैँ त्यो चाँडै बित्छ।

    भयानक दिन छ नजिकै;

    ढिलो हुन्‍न आउँछ छिट्टै।

    पापहरूलाई गरे नि घृणा,

    रम्छौ पापीको पछुतोमा।

    (कोरस)

    पर्खाइ छ नयाँ संसारको;

    आभारी छौँ हे याह तिम्रो।