गीत १२०

ख्रिष्टको नम्रता अनुकरण गरौँ!

ख्रिष्टको नम्रता अनुकरण गरौँ!

(मत्ति ११:२८-३०)

  1. १. महान्‌ थिए येसु हर पुरुषमध्ये;

    न प्रतिष्ठा खोजे न मान नै रोजे।

    पाए याहबाट काम साह्रै ठूलो;

    तैपनि थिए सधैँ नम्र मनको।

  2. २. कठोर श्रम र भारले दबिएका हो,

    भन्छन्‌ उनी, ‘आऊ बोक जुवा मेरो।’

    पाउँछौँ ताजगी राज्य खोजी गर्दा;

    कृपा पाउँछौँ येसुझैँ नम्र हुँदा।

  3. ३. ‘दाजुभाइ हौँ हामी’ भने येसुले

    अधीनमा बस्छौँ है राजीखुसीले।

    प्यारा छन्‌ नम्र मानिस यहोवालाई;

    दिनेछन्‌ सारा पृथ्वी उनले तिनलाई।

(हितो. ३:३४; मत्ति ५:५; २३:८; रोमी १२:१६ पनि हेर्नुहोस्‌)