गीत १२१

आत्मसंयम जरुरी

आत्मसंयम जरुरी

(रोमी ७:१४-२५)

  1. १. तनमन, दिमागले प्रेम गर्छौँ याहलाई;

    तर छ जरुरी संयम हामीलाई।

    कुइच्छामा छ चोट र मरण।

    याहका कुरामा शान्ति, जीवन।

  2. २. हरदिन फिजाउँछ पासो सैतानले,

    र अन्तै बराल्छ पापी झुकावले।

    तर सत्यको शक्‍ति अपार;

    जित्छौँ यहोवाको मदतले।

  3. ३. बोली र कामले चिनाउँछ याहलाई।

    हो त्यसैले बनौँ सजग सधैँलाई।

    चाहे जे गरौँ यै हो इच्छा;

    संयम देखाउँदै चलौँ सदा।

(१ कोरि. ९:२५; गला. ५:२३; २ पत्रु. १:६ पनि हेर्नुहोस्‌)