गीत १२७

म कस्तो मानिस बनूँ?

म कस्तो मानिस बनूँ?

(२ पत्रुस ३:११)

  1. १. यहोवा तिमीलाई म के भेटी दिऊँ?

    यो जीवनको लागि कसरी मोल तिरूँ?

    तिम्रो वचनमा म आफैलाई नियाल्छु;

    देख्न सकूँ है म कस्तो मान्छे रै’छु।

    (ब्रिज)

    जिउने मेरो वाचा तिम्रो सेवामा;

    गर्दिनँ है भक्‍ति कसैको करकापमा।

    तनमनको सेवा नै हो मेरो इच्छा;

    खुसी पार्ने माझ हुन सकूँ म।

    मदत गर मलाई आफैलाई जाँच्न;

    कस्तो मानिस बनूँ तिमी नै भन न।

    वफादारप्रति वफादार छौ है तिमी;

    सकूँ है खुसी बनाउन मैले पनि।

(भज. १८:२५; ११६:१२; हितो. ११:२० पनि हेर्नुहोस्‌)