गीत १३६

“यहोवाले पूरापूर प्रतिफल देऊन्‌”

“यहोवाले पूरापूर प्रतिफल देऊन्‌”

(रुथ २:१२)

  1. १. ख्याल गर्छन्‌ यहोवाले सधैँभरि

    तनमनले सेवा गर्नेलाई।

    था’ छ उनलाई निष्ठाको पाइला चाल्दा

    गर्नुपर्छ त्याग कैलेकाई।

    परिवार, सङ्‌गीसित साइनो टुट्‌दा

    नमान्‍नू सुर्ता, बुझ्छन्‌ याह।

    दिन्छन्‌ ऐले भाइबैनीको न्यानो साथ

    र जीवन नयाँ संसारमा।

    (कोरस)

    जे-जति गऱ्‍यौ याहको लागि,

    पाउनेछौ इनाम तिम्ले प्रशस्तै।

    छायामा उनकै लिनू शरण।

    वफादार छन्‌ याह, छन्‌ सत्य पनि।

  2. २. जीवनमा समस्याको ओइरो लाग्दा

    लाग्ला सक्दिनँ सहन।

    छाक टार्न मुस्किल हुँदा कैलेकाहीँ;

    सक्छ निराशाले छोप्न

    तर दिन्छन्‌ सान्त्वना याह पिता;

    सुन्छन्‌ हाम्रो हर पुकारा

    वचन, पवित्र शक्‍ति, मित्र चलाई

    गर्छन्‌ मदत याह हामीलाई।

    (कोरस)

    जे-जति गऱ्‍यौ याहको लागि,

    पाउनेछौ इनाम तिम्ले प्रशस्तै।

    छायामा उनकै लिनू शरण।

    वफादार छन्‌ याह, छन्‌ सत्य पनि।

(न्याय. ११:३८-४०; यसै. ४१:१० पनि हेर्नुहोस्‌)