गीत १३८

फुलेको केश—शोभाको मुकुट

फुलेको केश—शोभाको मुकुट

(हितोपदेश १६:३१)

  1. १. प्यारा छन्‌ ती वृद्ध जन;

    आदर्श हाम्रा।

    सहे कैयौँ चुनौती,

    दृढ छन्‌ तैपनि।

    सहे बिछोडका पीडा;

    बल घट्‌यो होला।

    बिन्ती हे याह

    तिनलाई साथ दिनू सदा।

    (कोरस)

    हे याह सम्झ है

    तिनको त्यो विश्‍वास।

    देऊ आश्‍वासन पनि

    र भन ‘स्याबास।’

  2. २. सुन्दर छन्‌ फुलेका केश

    असल मानिसका।

    सुन्दर छन्‌ विश्‍वासी जन

    याहको नजरमा।

    सम्झ है जवान थिए

    ती वृद्ध पनि।

    सारा बल अर्पे तिनले

    याहलाई भनी।

    (कोरस)

    हे याह सम्झ है

    तिनको त्यो विश्‍वास।

    देऊ आश्‍वासन पनि

    र भन ‘स्याबास।’

(भज. ७१:९, १८; हितो. २०:२९; मत्ति २५:२१, २३; लुका २२:२८; १ तिमो. ५:१ पनि हेर्नुहोस्‌)