गीत १४०

जीवन—सधैँभरिलाई!

जीवन—सधैँभरिलाई!

(युहन्‍ना ३:१६)

  1. १. लौ! हेर, छायो है प्रेम

    मानिसहरूको माझ!

    छैन दुःख, छ सुख;

    न आँसु न पीडा!

    (कोरस)

    गाऊ हृदय खोली!

    त्यो पल तिम्रै हो नि।

    लौ! जीवन त्यो पाइने भो

    सधैँभरिलाई!

  2. २. वृद्ध सब, हुने जवान;

    खै कहाँ गए रोगी?

    पीर बेथा, सब टाढा;

    न रुवाइ न भय!

    (कोरस)

    गाऊ हृदय खोली!

    त्यो पल तिम्रै हो नि।

    लौ! जीवन त्यो पाइने भो

    सधैँभरिलाई!

  3. ३. प्रमोदवन गुञ्जनेछ

    याहको महिमाले।

    जीवनभरि भन्‍नेछौँ:

    धन्यवाद हे याह!

    (कोरस)

    गाऊ हृदय खोली!

    त्यो पल तिम्रै हो नि।

    लौ! जीवन त्यो पाइने भो

    सधैँभरिलाई!