गीत १४५

वाचा नयाँ संसारको

वाचा नयाँ संसारको

(लुका २३:४३)

  1. १. नयाँ संसार, याह भन्छन्‌ दिन्छु

    येसुको त्यो शासनद्वारा।

    नामेट हुन्छ निसानी पापको;

    हुँदैन शोक, मृत्यु, पीडा।

    (कोरस)

    नयाँ संसार, बगैँचा हो;

    भित्री आँखाले हेर्नू त्यो।

    चाँडै येसु गर्छन्‌ पूरा,

    रम्छन्‌ उनी याहको काममा।

  2. २. चाँडै अब, याहको वाचाझैँ;

    ख्रिष्ट जगाउँछन्‌ ती मरेका।

    साकार हुन्छ ख्रिष्टको यो वाचा:

    ‘तिमी र म बगैँचामा।’

    (कोरस)

    नयाँ संसार, बगैँचा हो;

    भित्री आँखाले हेर्नू त्यो।

    चाँडै येसु गर्छन्‌ पूरा,

    रम्छन्‌ उनी याहको काममा।

  3. ३. नयाँ संसार, प्रभुको वाचा;

    त्यो संसारको उनी राजा।

    धन्य भन्छौँ सधैँ बुबालाई;

    गाऔँ तिनको त्यो महिमा।

    (कोरस)

    नयाँ संसार, बगैँचा हो;

    भित्री आँखाले हेर्नू त्यो।

    चाँडै येसु गर्छन्‌ पूरा,

    रम्छन्‌ उनी याहको काममा।

(मत्ति ५:५; ६:१०; युह. ५:२८, २९ पनि हेर्नुहोस्‌)