गीत १५०

छुटकारा पाउन यहोवालाई खोजौँ!

छुटकारा पाउन यहोवालाई खोजौँ!

(सपन्याह २:३)

  1. १. येसुको विरुद्ध खडा छन्‌

    सबै राष्ट्र।

    ढल्ने भयो शासन तिनको;

    सकियो दिन तोकेको।

    याहको राज्य आयो;

    सकियो मानव शासन।

    नाश गर्नेछन्‌ चाँडै

    येसुले सारा मानव शत्रुलाई।

    (कोरस)

    खोज याहलाई उद्धार पाउन।

    भर पर उनमै नडराई।

    असल काम गर,

    वफादार बन।

    लेऊ अडान उनकै पक्षमा।

    गर्छन्‌ उद्धार तब उनले,

    बाँच्नेछौ तिमी।

  2. २. मौका छ सबैलाई

    छनौट आफैले गर्ने;

    यो सुसमाचार सुन्‍ने

    या नकार्ने सेखी गर्दै।

    घेर्छ चुनौतीले

    तर जित्दैन डरले।

    जोगाउँछन्‌ याहले वफादारलाई,

    बिन्ती सुन्‍नेछन्‌ उनले।

    (कोरस)

    खोज याहलाई उद्धार पाउन।

    भर पर उनमै नडराई।

    असल काम गर,

    वफादार बन।

    लेऊ अडान उनकै पक्षमा।

    गर्छन्‌ उद्धार तब उनले,

    बाँच्नेछौ तिमी।

(१ समु. २:९; भज. २:२, ३, ९; हितो. २:८; मत्ति ६:३३ पनि हेर्नुहोस्‌)