गीत १६

यहोवा र उहाँको पुत्रको प्रशंसा

यहोवा र उहाँको पुत्रको प्रशंसा

(प्रकाश २१:२)

  1. १. छाने याहले पुत्रलाई

    शासन गर्न सबैलाई।

    येसु छन्‌ न्यायको आसनमा

    इच्छा याहको गर्नलाई।

    (कोरस)

    गर है लौ याहको प्रशंसा!

    जय गाउनू राजा येसुको।

    याहको आज्ञा शिरोपर गर्ने

    वफादार सेवकहरू।

    गर है लौ याहको प्रशंसा!

    राजा भए पुत्र उनको।

    शक्‍ति र महिमा दिए याहले

    कदर बढाउन आफ्नो।

  2. २. ख्रिष्टका भाइहरूले पाए

    याहबाट नयाँ जीवन।

    गर्नेछन्‌ तिनले पनि शासन;

    ल्याउनेछन्‌ अनि प्रमोदवन।

    (कोरस)

    गर है लौ याहको प्रशंसा!

    जय गाउनू राजा येसुको।

    याहको आज्ञा शिरोपर गर्ने

    वफादार सेवकहरू।

    गर है लौ याहको प्रशंसा!

    राजा भए पुत्र उनको।

    शक्‍ति र महिमा दिए याहले

    कदर बढाउन आफ्नो।

(हितो. २९:४; यसै. ६६:७, ८; युह. १०:४; प्रका. ५:९, १० पनि हेर्नुहोस्‌)