गीत १७

“म इच्छा गर्छु”

“म इच्छा गर्छु”

(लुका ५:१३)

  1. १. दया प्रेम धीरजका खानी

    येसु आए स्वर्ग त्यागी।

    बैरो, अन्धो अनि बिरामीलाई

    निको पारे दया गरी।

    दीन-दुःखीको आँसु पुछी

    मनको घाउ निको पारे।

    पूरा गरे याहको आज्ञा

    र भने सधैँ नै: ‘इच्छा छ।’

  2. २. पछ्याउँछौँ येसुको पाइला

    जीवनको हरेक पक्षमा।

    सबैसित राम्रो व्यवहार गर्छौँ।

    बाइबलको सत्य सिकाउँछौँ।

    बोली, कामले मदत गर्छौँ।

    पछि कहिल्यै हट्‌दैनौँ।

    विधवा, अनाथलाई देऔँ मदत

    र भनौँ सधैँ नै: ‘इच्छा छ।’

(युह. १८:३७; एफि. ३:१९; फिलि. २:७ पनि हेर्नुहोस्‌)