गीत २५

विशेष सम्पत्ति

विशेष सम्पत्ति

(१ पत्रुस २:९)

  1. १. याहको नयाँ सृष्टि

    हुन्‌ यी अभिषिक्‍त जन।

    मानिसबाट किनिए,

    हुन्‌ विशेष धन याहका।

    (कोरस)

    तिम्रा हुन्‌ सम्पत्ति,

    तिम्रै नाम वहन गर्छन्‌।

    प्रशंसा, प्रेम गर्छन्‌;

    फैलाउँछन्‌ सदा कृति तिम्रै।

  2. २. ज्योतिमा ल्याए यिनलाई

    याहले अन्धकारबाट।

    प्रयोग गर्छन्‌ ठीकसित

    यहोवाको वचन।

    (कोरस)

    तिम्रा हुन्‌ सम्पत्ति,

    तिम्रै नाम वहन गर्छन्‌।

    प्रशंसा, प्रेम गर्छन्‌;

    फैलाउँछन्‌ सदा कृति तिम्रै।

  3. ३. येसुको आज्ञा मान्छन्‌;

    बटुल्छन्‌ अरू भेडा।

    विश्‍वासिला छन्‌ यी जन,

    छन्‌ वफादार पनि।

    (कोरस)

    तिम्रा हुन्‌ सम्पत्ति,

    तिम्रै नाम वहन गर्छन्‌।

    प्रशंसा, प्रेम गर्छन्‌;

    फैलाउँछन्‌ सदा कृति तिम्रै।

(यसै. ४३:२०, २१; मला. ३:१७; कल. १:१३ पनि हेर्नुहोस्‌)