गीत ४२

परमेश्‍वरको सेवकको प्रार्थना

परमेश्‍वरको सेवकको प्रार्थना

(एफिसी ६:१८)

  1. १. हे यहोवा परमप्रभु महा,

    होस्‌ है तिम्रो नाउँको सदा अर्चना।

    बन्‍न सक्छौ जे पनि तिमी।

    आओस्‌ राज्य गर्छौँ सधैँ बिन्ती।

    छाओस्‌ खुसीको लाली।

    देख्न पाऔँ त्यो शान्ति।

  2. २. धन्यवाद छ हे दयालु बुबा।

    हरदिन दिन्छौ हामीलाई असल कुरा।

    हौ जीवन र ज्ञानका मूल तिमी।

    पायौँ तिमीबाट ज्ञान र बुद्धि

    हे याह छौँ आभारी।

    सुन हाम्रो यो बिन्ती।

  3. ३. संसारमा छ दुःख र निराशा।

    तिमीमा छ हाम्रो सारा भरोसा।

    बिसाउँछौँ यो भारी तिमीमा।

    अघि बढ्‌नलाई देऊ बल र इच्छा।

    गर्छौँ यो बिन्ती सदा

    गर्नलाई वाचा पूरा।

(भज. ३६:९; ५०:१४; युह. १६:३३; याकु. १:५ पनि हेर्नुहोस्‌)