गीत ५४

‘यही हो बाटो’

‘यही हो बाटो’

(यसैया ३०:२०, २१)

  1. १. हो यो बाटो

    शान्तिमा सबलाई पुऱ्‍याउने।

    पैलेदेखिको बाटो

    सिक्यौ तिमीले।

    येसुले देखा’को बाटो

    यही नै हो।

    बाइबलमा पाइने,

    बाटो हो यो शान्तिको।

    (कोरस)

    यै हो बाटो; हो जीवनको बाटो।

    एकछिन नि तिमी नतर्किनू है!

    यहोवा भन्छन्‌, ‘यै हो बाटो!

    बढ अघि, यही नै हो बाटो।’

  2. २. हो यो बाटो प्रेमको;

    जो छ तिम्रै अघि।

    हेर याह, देखाउँछन्‌

    यो बाटो हाम्लाई।

    प्रेम उनको कति भरपूर,

    न्यानो र जाति।

    हो यो बाटो प्रेमको;

    डोऱ्‍याउँछ लौ साथी।

    (कोरस)

    यै हो बाटो; हो जीवनको बाटो।

    एकछिन नि तिमी नतर्किनू है!

    यहोवा भन्छन्‌, ‘यै हो बाटो!

    बढ अघि, यही नै हो बाटो।’

  3. ३. हो यो बाटो

    जीवनमा सबलाई पुऱ्‍याउने।

    याहको बाटो,

    अरू कहाँ छ यस्तो?

    शान्ति र प्रेमतर्फ

    पुऱ्‍याउने बाटो यो।

    दिन्छ जीवन;

    याह आभारी छौँ तिम्रो।

    (कोरस)

    यै हो बाटो; हो जीवनको बाटो।

    एकछिन नि तिमी नतर्किनू है!

    यहोवा भन्छन्‌, ‘यै हो बाटो!

    बढ अघि, यही नै हो बाटो।’

(भज. ३२:८; १३९:२४; हितो. ६:२३ पनि हेर्नुहोस्‌)