गीत ५९

यहोवाको गुणगान गाऔँ!

यहोवाको गुणगान गाऔँ!

(भजन १४६:२)

  1. १. गुणगान गाऔँ

    यहोवाको!

    जीवन अनि सास दिने बुबाको।

    प्रशंसा होस्‌

    याह नाउँको;

    मूल उनी शक्‍ति र प्रेम दुवैको।

    इस्तुति गर्छौँ उनको नाउँको।

  2. २. गुणगान गाऔँ

    याह प्रभुको।

    बिन्ती सुनी उनले टार्छन्‌ खाँचो।

    निर्धालाई बल

    दिन्छन्‌ उनी।

    नम्रलाई दिन्छन्‌ पवित्र शक्‍ति।

    बखान गर्छौँ उनको सधैँभरि।

  3. ३. गुणगान गाऔँ

    न्यायी छन्‌ याह।

    भर पर्दा उनमा पाउँछौँ सान्त्वना।

    उनी नै हुन्‌,

    सब सच्याउने,

    निको पार्ने, थुप्रै आशिष्‌ दिने।

    प्रशंसा गरौँ आऊ खुसीले।

(भज. ९४:१८, १९; १४५:२१; १४७:१; १५०:२; प्रेषि. १७:२५ पनि हेर्नुहोस्‌)