गीत ६७

“वचन प्रचार गर”

“वचन प्रचार गर”

(२ तिमोथि ४:२)

  1. १. दिए है आज्ञा याहले;

    पालन गर न भनी तिमीले।

    तयार हुनू है जैले पनि,

    मनभित्रका आशा बाँड्‌न तिमी।

    (कोरस)

    सुनाऊ वचन,

    छ यो धेरै जरुरी!

    सुनाऊ न,

    अन्त नजिकै छ नि!

    सुनाऊ है,

    बुझाऊ नम्रलाई तिमी!

    सुनाऊ है,

    संसारभरि!

  2. २. आउनेछ धेरै चुनौती,

    सतावटले पार्ला लाजमा पनि,

    प्रचार असम्भव देखिएला

    तर भरोसा छ यहोवामा।

    (कोरस)

    सुनाऊ वचन,

    छ यो धेरै जरुरी!

    सुनाऊ न,

    अन्त नजिकै छ नि!

    सुनाऊ है,

    बुझाऊ नम्रलाई तिमी!

    सुनाऊ है,

    संसारभरि!

  3. ३. सुन्‍नेछन्‌ सन्देश धेरैले,

    सिकाउनुपर्छ तिनलाई हामीले।

    मुक्‍तिको बाटो देखाउनेछौँ,

    याहको नाउँ पवित्र पार्नेछौँ।

    (कोरस)

    सुनाऊ वचन,

    छ यो धेरै जरुरी!

    सुनाऊ न,

    अन्त नजिकै छ नि!

    सुनाऊ है,

    बुझाऊ नम्रलाई तिमी!

    सुनाऊ है,

    संसारभरि!

(मत्ति १०:७; २४:१४; प्रेषि. १०:४२; १ पत्रु. ३:१५ पनि हेर्नुहोस्‌)