गीत ७१

सेना हौँ यहोवाका!

सेना हौँ यहोवाका!

(एफिसी ६:११-१४)

  1. १. सेना हौँ यहोवाका

    एकजुट छौँ हामी।

    हट्‌दैनौँ कैल्यै पछि

    सैतान गर्जे पनि।

    वफादार भै प्रचारमा

    लाग्छौँ खुसीले।

    बढ्‌छौँ अघि दृढ भै;

    जित्दैन डरले।

    (कोरस)

    सेना हौँ यहोवाका;

    ख्रिष्टमा एक भयौँ।

    “याहको राज सुरु भो!”

    सबैलाई भन्छौँ।

  2. २. सेवक हौँ यहोवाका

    भेडालाई खोज्ने।

    एक्लो, दुःखी भेडालाई

    बगालमा डोऱ्‍याउने।

    गर्छौँ मदत यिनैलाई

    भेट्‌छौँ दोहोऱ्‍याई।

    ‘सभामा आऊ’ भनी

    बोलाउँछौँ तिनलाई।

    (कोरस)

    सेना हौँ यहोवाका;

    ख्रिष्टमा एक भयौँ।

    “याहको राज सुरु भो!”

    सबैलाई भन्छौँ।

  3. ३. याहको सेना हो यो;

    ख्रिष्ट हाम्रा नेता।

    तम्तयार युद्ध गर्न;

    दृढ भै हुन्छौँ खडा।

    तैपनि छौँ सतर्क,

    रहन्छौँ निर्दोष।

    सत्यलाई फैलाउँछौँ,

    चाहे जे आओस्‌।

    (कोरस)

    सेना हौँ यहोवाका;

    ख्रिष्टमा एक भयौँ।

    “याहको राज सुरु भो!”

    सबैलाई भन्छौँ।

(फिलि. १:७; फिले. २ पनि हेर्नुहोस्‌)