गीत ७६

भन कस्तो लाग्छ?

भन कस्तो लाग्छ?

(हिब्रू १३:१५)

  1. १. भन कस्तो लाग्छ:

    जोसका साथ प्रचार गर्दा,

    आफ्नो काम पूरा गर्दा,

    नम्रको मन छुँदा?

    सकेजति गर्छौँ,

    बाँकी याहलाई छोड्‌छौँ।

    चिन्छन्‌ उनी असल मन

    भएकाहरूलाई।

    (कोरस)

    हे यहोवा, खुसी छौँ है

    तनमन लगाई सेवा गर्दा।

    तिम्रो नै प्रशंसा गर्छौँ,

    यो जिन्दगीभरि।

  2. २. भन कस्तो लाग्छ:

    कसैले चासो दिँदा,

    जीवनको सन्देश सुन्‍ने

    कुनै मानिस भेट्‌दा?

    सबैले सुन्दैनन्‌

    तर निराश हुँदैनौँ।

    याह नाउँ वहन गर्छौँ,

    राज्य प्रचार गर्छौँ।

    (कोरस)

    हे यहोवा, खुसी छौँ है

    तनमन लगाई सेवा गर्दा।

    तिम्रो नै प्रशंसा गर्छौँ,

    यो जिन्दगीभरि।

  3. ३. भन कस्तो लाग्छ:

    याहको मदत पाउँदा,

    तिमीले पाएको काम

    पूरा गर्न पाउँदा?

    गर्वले सुनाउँछौँ,

    दयालु भै सिकाउँछौँ।

    खोज्छौँ योग्यहरूलाई

    समय बाँकी छँदै।

    (कोरस)

    हे यहोवा, खुसी छौँ है

    तनमन लगाई सेवा गर्दा।

    तिम्रो नै प्रशंसा गर्छौँ,

    यो जिन्दगीभरि।

(प्रेषि. १३:४८; १ थिस्स. २:४; १ तिमो. १:११ पनि हेर्नुहोस्‌)